• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर डिम्याट खातामा आयो,अर्को हप्ताबाट दोस्रो बजारमा कारोबार

काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर डिम्याट खातामा आएको छ ।

सबै भन्दा ठूलो आइपीओ भएका कारणले केही समय लागे पनि अन्ततः सबैको खातामा आएको हो । खातामा आए संगै अर्को हप्ता देखि यो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएको छ ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २।३९ गुणा बढी हुन आउछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटप श्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया