काठमाडौं–नेपालको पुँजी बजारमा पछिल्लो समय चमक आएको छ । पुँजी बजारमा लगानीकर्ता आकर्षित भएपछि नेप्से निरन्तर उकालो लागेको छ भने विन्निन्न कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका छन् ।
यसैबीच ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि करिब साढे ३२ करोड रुपैयाँ बराबरको आईपीओ भोलि शुक्रबारबाट जारी गर्दैछ । ग्रीनलाइफ हाइड्रोपावरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आगामि शुक्रबार ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
आगामी २३ गतेदेखि २७ गतेसम्म ग्रीनलाईफको आईपीओ भर्न सकिनेछ । इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकीएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सक्नेछन् ग्रीनलाइफले विभिन्न ठाउँमा जलविद्युत आयोजना निर्माण गरिहका छ । ग्रीनलाइनफको अधिकृत पुँजी. २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाड भईसकेको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर–एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ ।
ग्रिनलाइफले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०७८ वैशाख देखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ ।
पछिल्लो समय शेयरमा सबैको आकर्षण देख्दा यो कम्पनीको पनि शेयर 2 दिनमै माग भन्दा धेरैको आवेदन पर्ने निश्चित छ । त्यसैले यो कम्पनीको शेयरमा 10 कित्ता आवेदन दिनु उचित हुने छ ।