काठमाडौ – नेकपा प्रचण्ड माधव समूहले बिहीबार नेपाल बन्द घोषणा गरेको छ ।
सो नेपाल बन्दमा शेयर बजार खुल्छ की खुल्दैन् भन्ने धेरैको जिज्ञासा र चासो रहेको छ । यसै बीच आर्थिक सन्देश लाई प्राप्त जानकारी अनुसार भोलि पनि शेयर बजार खुल्ने छ ।
पछिल्लो समय प्राय सबै किनबेच अनलाइन माध्यमबाट हुने भएको हुँदा शेयर बजार खोल्ने नेप्सेको तयारी छ ।
दैनिक रुपमा अर्बौंको कारोवार हुने शेयर बजार बन्द गर्न नहुने धेरै लगानीकर्ताको समेत माग रहेको छ ।
संवैधानिक निकायहरुमा आफूखुसी नियुक्ति गरिएको भन्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आमहडतालको घोषणा गरेको हो।