अमेरिकी डलरको मूल्यमा वृद्धि, क्यानेडियन डलर घट्यो

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, र ओमनी रियालको मूल्य वृद्धि भएको छ।

 

तर, क्यानेडियन डलरको भाउ घटेको छ भने केही मुद्राको भाउ स्थिर छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ १९ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७९ पैसा छ। युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ १७ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४१ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८७ पैसा र बिक्रीदर ८ रूपैयाँ ९१ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा छ। कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रूपैयाँ ७४ पैसा रहेको छ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसाछ।

प्रतिक्रिया