रिडी पावरकाे काराेबार किन गर्यो नेप्सेले रोक्का, लगानीकर्ता अन्योलमा

काठमाडौ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरिरहेकाे छ ।

कम्पनीकाे काराेबार राेक्का नै रहिरहँदा कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे रकम फ्रिज भएकाे छ । रिडी पावरकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा गरेकाे भएपनि नेप्सेलाई भने काराेबार समय पछि मात्रै जानकारी गराइएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको थियाे । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख थियाे । 

कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएकाे थियाे ।

प्रतिक्रिया