काठमाण्डौ । साताका तीन कारोबार दिन बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको छ । बजार घटे पनि कारोबार रकम भने ५ अर्बमाथि पुगेको छ ।
दिनैभरि उतारचढाव रहेको बजार बन्द हुने समय सम्म २१ अंक भन्दा धेरैले घटेर समग्र बजार २०९८ को विन्दुमा आएको छ । आज कारोबार भएका ३ सय भन्दा धेरै कम्पनी मध्य २९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ ।
आज बीमा समूहमा सबै भन्दा ठुलो गिरावट आएको छ भने उत्पादन उपसमूह सामान्य बढेको छ । हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै कारोबार हुँदा यो कम्पनीको शेयर मूल्य समेत आज सामान्य बढेको छ ।
यो हप्ता लगातार तीन दिन सम्म नेप्से बढेका कारण आज लगानीकर्ताहरुले नाफा सुरक्षि गर्न खोज्दा नेप्से घटेको कतिपयको बुझाइ छ । केहि समय यता नेप्से २ हजार देखि २२ सयको विन्दु बरिपरि घुमिरहेको छ भने कारोबार रकममा भने सुधार भएको छ ।