काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५५ र एन्टिजेन परीक्षण ४ हजार ६८७ भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३७३ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० पुगेको छ ।