बिहानै आइपीओ बाँडफाँट हुने, २ लाख भन्दा धेरैले शेयर पाउने

काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ आज बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । जसमा २ लाख १ हजार ९८६ जनाले मात्र शेयर पाउँने छन् भने १३ लाख ६२ हजार ५३६ जनाको हात खाली हुने भएको छ । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका बराबरको कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको थियो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । 

नतिजा सर्वाजनिक भएको केही समयमा यहाँ गएर शेयर परे नपरेको हेर्न सकिने छ । 

प्रतिक्रिया