नेप्सेको निरन्तर ओरालो यात्रा,बेच्नु न किन्नुको अवस्थामा लगानीकर्ता

काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक ४१ अङ्कले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २३४३ विन्दुमा आएको छ । 

नेप्सेमा आएको निरन्तर गिरावटसँगै कारोबार रकम पनि घटिरहेको छ । तर सोमबारको तुलनामा कारोबार रकम सामान्य बढेको छ । २२९ कम्पनीको शेयर खरिद बिक्री हुँदा एक अर्ब ५३ करोड माथिको शेयर किनबेच भएको छ । नेप्से निरन्तर ओरालो लागेसँगै लगानीकर्ता समेत आत्तिएको जानकारहरू बताउँछन । 

आज नेप्सेका सबै उपसूचकमा रातो पोतिँदा ११ कम्पनीको शेयर मूल्य मात्र बढेको छ भने बाँकी कम्पनीहरूको भने घटेको छ । शेयर मूल्य बढ्नेमा १ कम्पनीको शेयर मूल्यमा सर्किट समेत लागेको छ । नबिल बैंकको सबै भन्दा धेरै कारोबार हुँदा बीमा समूहको उपसूचकमा सबै भन्दा धेरै प्रभाव परेको छ । 

प्रतिक्रिया