उद्योगहरुको विद्युत लाइन काट्न सुरु, प्राधिकरण र उद्योगबीच विवाद चर्किंदै

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विवादका कारण विभिन्न उद्योगहरुको विद्युत लाइन काट्न सुरु गरेको छ।

बिहीवार साँझ ८ बजेदेखि अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिल लगायतका उद्योगहरुको लाइन काटिएको छ।

प्राधिकरणको सिमरा वितरण केन्द्रले जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल, र हामा आइरनको लाइनसमेत काटिएको जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री दीपक खड्कासँगको छलफलपछि कुनै निर्णय नभएको कारण उद्योगहरुको लाइन काट्न थालेका हुन्। उद्योगीहरु भने प्राधिकरणले विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै बक्यौता तिर्न अस्वीकार गरिरहेका छन्।

 

प्रतिक्रिया