काठमाडौँ । सरकारले इन्धन खपत कम गर्न जेठदेखि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै त्यसको असर शेयर बजारमा पर्ने धेरैको अनुमान थियो । यसैबीच नेपाल स्टक एक्सचेञ्जले शुक्रबार पनि शेयर बजार खुल्ला राख्ने निर्णय गरेको छ ।
शुक्रबार शेयर बजार खुल्ला भएसँगै शनिबार र आइतबार भने बन्द हुने छ । नेप्सेले सञ्चालक समितिमा लगेर सो कुराको आधिकारी निर्णय गर्न लागेको नेप्सेले जनाएको छ । शुक्रबार पनि बजार खोल्ने गरि नेप्सेले भने आन्तरिक तयारी गरेको छ ।
हाल सातामा दिन पाँच दिन आइतबारदेखि बिहीबार सम्म मात्र शेयर कारोबार हुने गरेको छ । जसअनुसार शुक्रबार र शनिबार शेयर किनबेच बन्द हुन्छ । आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आएपछि कारोबार दिन नघटोस् भन्ने उद्देश्यले नेप्सेले शुक्रबार नियमित रुपमा सेयर बजार खुला गर्ने भएको हो ।