• गृहपृष्ठ /
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

बाँडफाँड भएको ५ घण्टा सम्म पनि जीवन विकास लद्युवित्तको आईपीओ नतिजा आएन

काठमाण्डौ । विहान ९ बजे शेयर बाँडफाँड भएपनि जीवन विकास लद्युवित्तको नतिजा अझै सम्म पनि मेरो शेयरले सार्वजनिक गर्न सकेको छैन । 

यसै विषयलाई लिएर सामाजिक सञ्जालहरुमा निकै आलोचना समेत भइरहेको छ । यस अघि बढिमा ३ घण्टामा नजिता सार्वजनिक गर्ने गरिएको थियो । उता सम्बन्धित निकायले भने यसको लागि काम भइरहेको जनाएको छ । 

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

शेयरको नजिताको लागि केहि समयमा iporesult.cdsc.com.np मा जान सकिन्छ । 

प्रतिक्रिया