Hub Solution

साताको अन्तिम दिन प्रि ओपनमा १ अंकले बढ्यो नेप्से

काठमाडौंं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको १ हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया