काठमाडाैं । नेपालमा निरन्तर संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । यसै बीच ज्यान जानेको संख्या समेत घटेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।