काठमाडौ । बैतडीमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने तीन जाना घाइते भएका छन् ।
।
धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बर जीप दुर्घटना भएको हो ।
बैतडीको सुर्नया गाउँपालिका–८ भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक २७ वर्षीय धन बहादुर बोहराको ज्यान गएको हो ।
दुर्घटनामा पुर्चाैडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्ट गम्भीर घाइते भएका छन् । गाउँपालिकाका हरिस बोहरा सामान्य घाइते भएका छन् ।
जीप सडकबाट १ सय ५० मीटर तल खसेको थियो ।