काठमाण्डौ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना ले विश्व फेरि तरङ्गित भएको छ ।
बेलायतमा अहिले देखिएको भाइरस पहिलाको भन्दा धेरै शक्तिशाली र खतरनाक रहेको डाक्टर हरुले जनाएका छन् ।
यूकेमा कोरोनाभाइरसको निकै शक्तिशाली प्रकार देखिएपछि धेरै देशहरुले त्यहाँ हुने उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो विषयमा विश्वभर नयाँ खालको स्वास्थ्य संकट आइपर्ने आँकलन गर्न थालिएको छ ।
बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्। आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।
पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।
यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात् उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ।