पिपुल्स पावर कम्पनीको आइपीओ निष्कासन

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुल्ला गरेको छ । पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं। १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गरिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिने समय थप गरिने जनाइएको छ ।

आईपीओ भर्नका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया