काठमाडौ – नेपालमा सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बनिरहेको छ । कोरोना महनमारिका बीच समय बिताउन होस या आफ्नो प्रतिभा देखाउन यो माध्यम सहयोगी बनिरहेको छ ।
यसै बीच टिकटकका केही नराम्रा पक्ष पनि छन् । त्यही भएर कतिपय देशमा यो प्रतिबन्द समेत गरिएको छ । धेरै साथी बनाउने र हिट हुने लोभमा केहीले विभिन्न हर्कत गर्ने गर्छन् यसै बीच एक युवा पुलमा झुण्डिएर भिडियो बनाउन खोज्दा बगरमा खसेर गम्भीर घाइते भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्।
शनिबार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए। त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेका थिए।
https://m.facebook.com/watch/?v=1149161958836385