काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा ७१० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो समय परीक्षण समेत घट्दै गएका कारण संक्रमित पनि घटेको देखिएको छ । यो अवधीमा ४ हजार ७८० जनाको परीक्षण गरिएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ५३ माथि पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।