टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ८ जनालाई जन्म कैद

काठमाडौ – २०७२ भदौमा भएको टीकापुर हत्या काण्डका मुख्य दोषी रेशम चौधरी चौधरीसहित ८ जनालाई उच्च अदालतले समेत जन्म कैदको फैसला सुनाएको छ ।

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको हो ।

बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । दिपायल उच्च अदालतले यसअघि कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको फैसला सदर गरिदिएको हो ।जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

यसअछि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलले जनाएको छ । रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए।

प्रतिक्रिया