काठमाडौ – हिन्दूहरूको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर भोलि अर्थात् बुधबारबाट भक्तजनका लागि खुल्ने भएको छ ।
कोरोना महामारी पछि मन्दिर गतवर्ष चैतदेखि बन्द भएको थियो । नेपालमा पछिल्लो समस्या संक्रमित घट्दै गए पछि विस्तारै सार्वजनिक स्थल खुल्दै गएका छन् । यसै बीच मन्दिर पनि खोल्न लागिएको हो ।
मन्दिर प्रवेशमा सामाजिक दूरी र स्वास्थ सुरक्षाका उपाय भने अपनाइने मन्दिर ब्यवस्थापनले जनाएको छ ।
बुधबारबाट मन्दिर खुल्ने भए संगै मङ्गलबार राष्ट्रपती विद्या देवी भण्डारीले पूजापाठ गर्नु भएको छ ।
लामो समयपछि मन्दिर खुल्ने भए पछि आसपासका फूल व्यापारी र भक्तजनहरू उत्साहित भएका छन् ।