काठमाडौं–कोभिड–१९बाट आक्रान्त भएको अवस्थामा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अमेरिकाले फाइजर भ्याक्सिनको प्रयोग सोमबारबाट लगाउन थालेको हो ।
पहिलो चरणमा ३ करोड डोज भ्याक्सिन लगाउने जनाइएको छ । यो भ्याक्सिन कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले दाबी गरेको छ ।
भ्याक्सिन अमेरिकाका विभिन्न क्षेत्रमा लगाउन लागिएको हो । भ्याक्सिन १४५ स्थानमा सोमवार, ४२५ स्थानमा मङ्गलवार र ६६ स्थानमा बुधबार लगाउने तयारी छ । बेलायत, क्यानडा, बाहराइन र साउदी अरेबियाका नियामक निकायले फाइजर भ्याक्सिन लगाउन अनुमति दिएका छन् । एजेन्सीको सहयोगमा ।