काठमाडौ – अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु नित्यानन्द पाण्डेय र अब्दुल अजिज मसलमानको इजलासले थुनामा राख्ने आदेश दिएको हो ।
उनीमाथि विगतमा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा आफ्नो क्षेत्राधिकार बाहिरबाटै मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको अभियोग थियो ।