काठमाडौं–सेयर बजारमा विभिन्न वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत आयोजनाले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिरहेको बेला लघुवित्त संस्थाको आइपिओ पनि पाइपलाइनमा रहेका छन् ।
महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँको आईपीओ निष्काशनको तयारी गरेको छ । आइपिओ निष्काशनका लागि गत मंसिर ३ मा धितोपत्र बोर्डमा अनुमति मागेको थियो । धितोपत्रले यस लघवित्तको वित्तीय अवस्थाको बारेमा विश्लेषण गरिरहेको छ ।
महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्टसँग सम्झौता गरिरहेको छ । महिला लघुवित्तले एक सय रुपैयाँ अंकित चार लाख कित्ता बराबरको चार करोड रुपैयाँको आइपिओ निष्कासन गर्न धितो पत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको छ ।
महिला लघु वित्तीय संस्थाले चालु आर्थिक वर्ष ०७७÷७८को पहिलो तीन महिनामा १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पोहोर भन्दा नाफा बढाएको छ । पोहोरको तुलनामा २६४.१३ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ५४ लाख ६१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।