काठमाडौ – बेवारिसे लासलाई सतगत गरेर उत्कृष्ट काम गरेको भनी बीबीसीले प्रभाबशाली महिलाको चुचिमा पारेकी नेपाली चेली सपना रोका मगरलाई सबै ठाउँबाट सम्मान भइरहेका छन् ।
यसै बीच गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको छ ।
मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।