काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा १७ जनाले कोरोना बाट ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन् ।२४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।