युनियन लाइफ इन्स्योरेन्सको आइपीओ आउने

काठमाडौं–युनियन लाइफले इन्स्यारेन्सले आइपिओ निष्कासन गर्ने भएको छ ।

युनियन लाइफले ६४ करोड ५० लाख रूपैयाँ आइपिओे निष्काशन गर्ने तयारी गरेको छ । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनका लागि आइपिओ निष्कासनका लागि पक्रिया अघि बढाएको छ ।

धितो पत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आइपिओ निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले बोर्डका स्वीकृत पाएपछि आइपिओको मितितय गर्ने जनाएको छ ।

एक अर्ब ५० करोड ५० लाख रूपैयाँ चुक्ता पूँजी रहेको युनियन लाइफको ३० प्रतिशत आइपिओ निष्काशन पछि चुक्ता पुँजी दुई अर्ब १५ करोड रूपैयाँ पुग्नेछ । आईपीओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको हो ।

प्रतिक्रिया