पछिल्लो २४ घण्टामा १३ सय ४ नयाँ संक्रमित थपिए,२१ को ज्यान गयो

काठमाडौ – स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय चार जनामा कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ ।

साथै २४ घण्टामा कोरोना बाट २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया