काठमाडौ – केही समय पहिला सर्वसाधारण को लागि आइपीओ सार्वजनिक गरेको माउण्टेन इनर्जीको शेयर बाँडफाँड मिति तय भएको छ ।
बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्टले आईतबार आईपिओको प्रि अलोटमेन्ट भएको र आगामी बुधबार शेयर बाँडफाँड गर्न लागेको जनाएको हो ।
माउन्टेन इनर्जीले कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीको आईपीओमा ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेको र गोलाप्रथाबाट शेयर बांडफाँड हुने क्यापिटलले जनाएको छ । जस अनुसार १ लाख ८३ हजार २६ जनाले शेयर पाउने छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन् ।