अमेरिका – अमेरिकी सेनामा काम गर्ने गोर्खाका युवाको कार दुर्घटनामा ज्यान गएको छ ।
अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परी उनको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा परेका उनलाई उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो ।
उनी ५ वर्षअघि अमेरिकी सेनामा भर्ती भएका थिए । उनले चलाएको गाडी अवैध पार्किङ गरिएको ट्रकमा ठोकिएको थियो ।