सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आउने पक्का पक्की

काठमाडौं–पछिल्लो समय जोखिम न्यूनिकरण गर्न जीवन बीमा गर्नेको संख्या बढिरहेको छ । अहिले इन्स्योरेन्स कम्पनीको व्यवसाय फस्टाएको छ ।

इन्स्योरेन्स कम्पनीहरुले आफ्नो पूँजी वृद्धि गर्नेक्रमलाई तिब्रता दिएका छन् । विभिन्न बीमा कम्पनीले सर्वसाधारणका लागि शेयर (आईपीओ ) निष्काशन गरेर पूँजी बृद्धि गर्दै आएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले ७५ लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारीमा छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । सिटिजन लाइफले धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्काशनको अन्तिम चरणमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि त्रैमासको तुलनामा ८२.५ प्रतिशत अर्थात २७ करोड ५१ लाख रुपैयाँले बढी हो ।

प्रतिक्रिया