सुतेकै ठाउँमा मलेसियामा एक नेपालीको ज्यान गयो,बिचल्लीमा परिवार

काठमाडौं – आफ्नो खुसी किन्न विदेशको भूमिमा पसेका हजारौं नेपालीको वर्षभरिमा लाश काठको बाकसमा आउँछ । बाकसमा लास मात्र आउँदैन उनीहरूको परिवारको दुःख पनि सँगै आउँछ ।

यस्तै भएको छ मलेसियामा नुवाकोटका जीवन तामाङको । उनी आफ्नै कोठामा बिहान मृत भएका छन् ।

उनी विगत १८ महिना देखि त्यहाँको एक कम्पनीमा काम गर्दै आएका थिए । उनकै कमाइबाट धानिएको परिवारको उनले ज्यान गुमाए संगै परिवारको बिचल्ली भएको छ ।

अहिले उनको शवको पोस्ट मार्टमका लागि अस्पताल लागिएको छ ।

प्रतिक्रिया