स्वरोजगार लघुवित्तलाई एफपीओ निष्काशनको अनुमति, १.९५ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाण्डौ । लामो समयदेखि प्रतिक्षामा रहेका कम्पनीहरुले आइपी ओ एफपीओको लागि धमाधम अनुमती पाउन थालेका छन । धितोपत्र बोर्डले पछिल्लो समय प्राथमिक पुँजीको लागि आवश्यक पर्ने माध्यम प्रति गम्भीर हुन थालेसँगै कम्पनीहरुले अनुमती पाइरहेका छन । धिताृपत्र बोर्डमा ३ दर्जन भन्दा धेरै कम्पनीहरुको प्राथमिक शेयर निष्कासनको रोलक्रममा रहेका छन । 

स्वरोजगार लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशनको अनुमति प्रदान गरेको छ। बोर्डले माघ २७ गते उक्त अनुमति दिएको हो, जसअनुसार कम्पनीले अब १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गर्नेछ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ मूल्य तोकेको छ।

आज माघ २७ गतेको अन्तिम कारोबारपछि स्वरोजगार लघुवित्तको शेयर मूल्य ९७० रुपैयाँ ४० पैसा रहेको छ। एफपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

 

प्रतिक्रिया