• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

अर्धसतक भन्दा धेरैले घट्यो नेप्से,जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

काठमाण्डौ । साताको पहिलो दिन नेप्से करिव ५६ अंकले घटेर समग्र बजार ३१२२ विन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि आज ओरालो लागेको छ । दिनैभरिमा करिव १६ अर्वको कारोबार हुँदा अधिकांस कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज सबैभन्दा धेरै गुमाउनेमा जलविद्युत कम्पनीका शेयर धनिहरु रहेका छन । आइतबार एक दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ भने २ कम्पनीहरुको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

आज २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज गैर जीवन विमा र फाइनान्स बाहेक अरु सबै उपसूचकमा रातो पोतिएको छ । आज विकास बैक र जलविद्युत उपसूचक सबैभन्दा धेरै घटेको छ । आज अरुण भ्याली कम्पनीको शेयर खरिद विक्री सबैभन्दा धेरै भएको छ । 

प्रतिक्रिया