आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौ - निर्वाचनको खबरले शेयर बाजार सुस्ताइरहेको कतिको बुझाइ छ । यही कारणले मंगलबारको शेयर बजार घटेको कतिको अनुमान छ । 

केही समय अघिबाट आइपीओ निष्कासन गरेको रिभर फल्स पावरको आईपीओमा १५ लाख १७ हजार २८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार (जेठ ३ गते) साँझ ५ बजेसम्ममा १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा ६ दशमलव ९३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले बैशाख २८ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

यो कम्पनीको आइपीओ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा आवेदन दिन सकिने छ । यसअघि नै मागभन्दा धेरै आवेदन परेको हुँदा केबल 10 कित्ता सेयरको आवेदन दिए पुग्ने देखिन्छ । 

प्रतिक्रिया