• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

नेप्सेमा फेरी रौनक छायो,नेप्से ३८ अंकले बढ्दा कारोबार रकम २१ अर्वमाथि

काठमाण्डौ - बुधबार शेयर बजारमा फेरी रौनक छाएको छ । आज नेप्से करिव ३८ अंकले बढेर समग्र बजार ३१९८ विन्दुमा पुगेको छ । 

नेप्सेसँगै कारोबार रकममा पनि उछाल आएको छ । आज अहिले सम्मकै दोस्रो ठुलो कारोबार २१ अर्व ३१ करोड बराबरको कारोबार भएको छ । 

नेप्सेका सबे उपसूचकहरुमा हरियाली छाउदा म्युचुअल फण्ड र व्यापार उपसमूहहरु भने घटेको छ । विकास बैक र उत्पादन उपसमूह आज सबै भन्दा धेरै बढेका छन भने जलविद्युत र विकास बैकमा लगानीकर्ताको आकर्षण कायमै रहेको छ । 

२२८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने ११८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ६२ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । घट्ने अधिकांस लद्युवित्तका शेयरहरु रहेका छन । आज नेश्नल हाइडो पावरको सबै भन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया