काठमाडौं - शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताको हरुको लागि बोनस घोषणा गरेको छ ।
कम्पनीकाे हिजाे असाेज २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार हाेटल साेल्टी, साेल्टीमाेड, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको अनुमति पछि वितरण गरिने छ ।