सामलिङ पावरको आईपीओमा आवेदनको ओइरो


काठमाडौं– सामलिङ पावर कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६ सय ९८ ले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको हो। सीडीएसका अनुसार सोमबार ५ बजेसम्म २२ लाख ६५ हजार ६९८ जनाले २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३९।६७ गुणा बढी आवेदन हो। 

सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो। बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि खुला गरिएको हो। सामलिङ पावरको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ।
 

प्रतिक्रिया