शेयर बजारको सुधारका लागि अनसन बसेका तिलक कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौं - शेयर बजारको सुधारको लागि भन्दै विगत 9 दिन देखि अनसन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारको लागि पाटन अस्पताल लागिएको लगानीकर्ता तथा अभियन्ता रोहन कार्कीले बताउनु भयो । 

कार्कीले आफ्नो सामाजिक संजालमा भन्नु भएको छ "तिलक कोइराला ज्युको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हुदा अहिले पाटन अस्पताल ललितपुरमा स्वास्थ्योपचार हुँदै । उहाँको पल्स लेभल जिरो, सुगर लो, बि पि लो तथा नौजिया(nausea) भएको र स्वासप्रश्वासमा समेत समस्या देखिए पछि हालै पाटन अस्पताल इमर्जेन्सीमा राखिएकोछ ।"

प्रतिक्रिया