सुपरमाई हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै,यसरी हेर्नुहोस् नतिजा

काठमाडौं - सुपरमाई हाइड्रोपावर लिमिटेडले आज प्राथमिक शेयर बाँडफाँड गर्ने भएको छ । 

कम्पनीले माघ २३ देखि २६ गतेसम्म निष्काशन गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँट हुने भएको हो ।पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

नतिजाको लागि https://iporesult.cdsc.com.np यहाँ जन सकिन्छ । 

प्रतिक्रिया