काठमाडौं - पछिल्लो समय धितोपत्र बोर्डले धमाधम आइपीओ अनुमति दिइरहेको छ । असर महिमा मै आधा दर्जन कम्पनीले अनुमति पाउने देखिएको छ ।
यसैबीच भर्खर मात्र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती पाएको हो । कम्पनीले ३६ लाख ५० हजार आईपीओ निष्काशन गर्ने भएको छ । अनुमति पाएसँगै कम्पनीले स्थानीयका लागि आईपीओ निष्काशन गर्ने छ ।
आईपीओ बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।