साहास ऊर्जाका सेयरधनीलाई मालामाल


काठमाडौं–साहास ऊर्जाका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ४०५० रुपैयाँ कमाउने देखिएको छ।
कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १३५।११ रुपैयाँदेखि अधिकतम ४०५।३३ रुपैयाँको रेञ्ज पाउने देखिन्छ । यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै ४०५० रुपैयाँ कमाउने छन ।   
पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ७६र७७ को वास्तविक नेट्वर्थ १३५।११ रुपैयाँ छ। 
नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ। 
कम्पनीको आईपीओ बाँडफाँटमा ६ लाख ४४ हजारले १०र१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले सर्वसाधारण समूहको ७० करोड रुपैयाँमध्ये २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषमा रहेकाहरुले प्राप्त गरेका छन्।
कर्मचारी र सामूहिक लगानीकोषलाई बाँडफाँट गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरुलाई बाँडफाँट गरिएको हो। 

कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि १० गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो।
तर अहिलेसम्म पनि सेयरधनीहरुको डिम्याटमा सेयर आउन सकेको छैन। दोस्रो बजारमा कारोबारका लागि कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग सम्झौता गर्नुपर्छ। त्यसपछि मात्रै दोस्रो बजारमा कारोबार सुरु हुनेछ।
बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

 

प्रतिक्रिया