काठमाण्डौ - प्राथमिक शेयर निष्कासन गरेर द्रोसो बजारमा प्रवेश गरेको मनकामना स्मार्ट लघुवित्तको शेयर अपेक्षित परिणाममा खरिद बिक्री हुन नसक्दा शेयर मूल्य बढ्न सकेको छैन् ।
सर्वसाधारणको लागि निकै न्यून कित्ता शेयर सार्वजनिक गरेका कारण शेयर खरिद बिक्री हुन नसकेको हो ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको प्रति शेयर मूल्य २९६ रुपैयाँ मात्र छ । आज केवल ११ कित्ताको कारोबार भएको छ भने तीन लाख भन्दा धेरै कित्ताको माग रहेको छ ।
कम्पनीको शेयर मूल्य बढ्नका लागि दैनिक कारोबार हुनु जरुरी हुन्छ । न्यून कारोबार भएका कारण शेयर मूल्य बढ्न नसकेको हो ।