काठमान्डौ - स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।