बैंकबाट दश अर्ब नगद गायब,सीडी रेसियो ८८ प्रतिशतमाथि

काठमाण्डौ । बैंकलाई बाध्यकारी नियम भएपछि असार मसान्तमा घटेको लगानी तथा बचत अनुपात फेरी बढ्न थालेको छ । राष्ट बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा माथि हुन नहुने बाध्यकारी ब्यवस्था गरेका कारण सो अवधिमा बैंकहरूले लगानी रोकेर ऋण उठान लागेका थिए । त्यसैको प्रभाव स्वरुप सीडी रेडियो ८६ प्रतिशत सम्म आएको थियो ।

राष्ट बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सीडी रेडियो ८८।२५ विन्दुमा रहेको छ । यो अवधिमा बैंकहरूले दश अर्ब भन्दा धेरै बचत गुमाएका छन भने लगानी भने यथावत रहेको छ । नगद घटेपनि लगानी भने केवल २ अर्ब मात्र देखिएको छ । 

बैंकमा तरलताको अवस्थाले पनि देशको आर्थिक अवस्था कस्तो छ भन्ने सूचित गर्दछ । पछिल्लो समय बचत बढ्दै गएपछि शेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ । 

                         

प्रतिक्रिया