सामान्य अंकले बढ्यो नेप्से तर हरायो बजारको उत्साह

काठमाडौं । नेप्से परिसूचक पछिल्ला केही दिन निकै सुस्त बनिरहेको छ । बुधबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ भने नेप्से परिसूचक ०।१५ अंकले बढेर बजार १९६९।१७ बिन्दुमा पुगेको छ।

११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ।

११७ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। पछिल्लो समय लगानीकर्ताहरूमा कुनै उत्साह देखिएको छैन । लगानीकर्ताहरू अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।

यस दिन १० उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी ३ समूहको सेयरमूल्यमा झिनो वृद्धि देखिएको छ । आज फाइनान्स समूह सबैभन्दा धेरै २।४४ प्रतिशत बढ्यो । बैंकिङ ०।२१ र उत्पादन समूह ०।७५ प्रतिशत बढेको छ । ब्यापार ०।१२, अन्य ०।०९, निर्जीवन बीमा ०।४३, माइक्रोफाइनान्स ०।०५, जीवन बीमा ०।४०, हाइड्रोपावर ०।२०, लगानी ०।२८, होटल तथा पर्यटन ०।४४ र विकास बैंक समूह ०।१३ प्रतिशत घटे ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार उच्च रहेकाले कारोबार रकम बढेको देखिएको हो । सो कम्पनीको ६३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।

पोखरा फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७।८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया