दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस नजिता

काठमाण्डौ । बुधबार विहान दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट भएको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।


कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो। सोमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको छ भने बाँकी ८८२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्। सोमध्ये पनि भाग्यमानी ९ जनाले थप एक कित्ता प्राप्त गरेका छन्। अर्थात भाग्यमानी ९ आवेदकले ११ कित्ता पाएका छन्।

For IPO Reslult Please Cleck Here 

प्रतिक्रिया