काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले घटेर बजार बन्द भएको छ । आज कारोबार रकममा पनि संकुचन आएको छ ।
आज परिसूचक करिव ४ अङ्कले घटेर समग्र बजार २०८४ विन्दुमा आएको छ । आज ३ अर्ब ७६ करोड भन्दा धेरैको कारोबार भएको छ । ९१ कम्पनीहरू बाहेक अरु सबै कम्पनीको शेयर मूल्य घटेको छ भने एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
आज बैंक र अन्य समूहको उपसूचक बाहेक अन्य उपसूचकमा भने आज गिरावट आएको छ । हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार हुँदा दोस्रो पटक यो कम्पनीको शेयर मूल्य घटेको छ ।