धितोपत्र बोर्डमा छिटो अध्यक्षको टुङ्गो लगाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं - अर्थमन्त्री वर्षमान पुन अनन्तले रिक्त रहेको धितोपत्र बोर्डमा छिटोभन्दा छिटो अध्यक्षको चयन गर्न निर्देशन दिनुभएको छ। 

अर्थसचिव कृष्ण हरि पुष्करलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो। धितोपत्र बोर्ड जस्तो सम्बन्धितशील संस्थामा लामो समय अध्यक्ष नहुनु दुखद भएको मन्त्री पुनको भनाइ थियो। 

मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्य सम्पादन गर्न थालेकामा चिन्ता समेत जनाए ।‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पूँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ,’ पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’

प्रतिक्रिया