• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

गलत वित्तय विवरण सार्वजनिक गर्ने खानीखोला जलविद्युतको शेयर कारोबार रोक्का

काठमाण्डौ - निरन्तर शेयर मूल्य उकालो लागेको खानीखोला जलविद्युत कम्पनीको शेयर मंगलबारबाट रोक्का भएको छ ।

नेप्से गलत आर्थिक विवरण प्रकाशित गरेको भन्दा कम्पनीको शेयर कारोबारमा रोक लगाएको हो । मंगलबार दिँउसोबाट कारोबार प्रणाीमा कम्पनीको संकेत नाम समेत देखिन छाडेको छ । 

कम्पनीले आफ्नो वित्तय विवरण अत्यन्तै राम्रो रहेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य समेत आकासिएर कारोबार भएको छ । आज पनि शेयर मूल्यमा नकारात्मक सर्किट लागिसकेको थियो । 

आज करिव ९ ओटा जलविद्युत कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।  

प्रतिक्रिया